२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व खेलकूदमन्त्री नेपालीको निधन, समग्र जिल्ला शोकमग्न



अ+ अ-

महोत्तरी । पूर्व युवा तथा खेलकूदमन्त्री रहनुभएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका छोरा बजरंग नेपालीले बताउनुभयो ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री रहनुभएका थियो । पाँच वर्ष पहिले पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित रहनुभएका मन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ ।

विसं १९९९ मा जन्मनुभएका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले विसं २०४४ सालमा नेपाली काङ्ग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गर्नुभएको थियो । उहाँले विसं २०५२ मा काङ्ग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गर्नुभएको थियो । सोही बेला उहाँ चुनाव जितेर मन्त्री बन्नुभएको थियो । अहिले उहाँ नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध रहनुभएको थियो ।