१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व खेलकूदमन्त्री नेपालीको निधन, समग्र जिल्ला शोकमग्न



अ+ अ-

महोत्तरी । पूर्व युवा तथा खेलकूदमन्त्री रहनुभएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका छोरा बजरंग नेपालीले बताउनुभयो ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री रहनुभएका थियो । पाँच वर्ष पहिले पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित रहनुभएका मन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ ।

विसं १९९९ मा जन्मनुभएका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले विसं २०४४ सालमा नेपाली काङ्ग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गर्नुभएको थियो । उहाँले विसं २०५२ मा काङ्ग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गर्नुभएको थियो । सोही बेला उहाँ चुनाव जितेर मन्त्री बन्नुभएको थियो । अहिले उहाँ नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध रहनुभएको थियो ।