१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपालगंजका ३०० बढी स्थानमा बिना इजाजत सिसी क्यामरा जडान, नगरपालिका बेखबर

नेपालगंजका ३०० बढी स्थानमा बिना इजाजत सिसी क्यामरा जडान, नगरपालिका बेखबर
अ अ+ अ-

बाँके : नेपालगञ्जलगायतका क्षेत्रमा ३०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश सिसी क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेका पाइएको छ ।

सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन ।

नेपालगञ्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी टिभी क्यामरा जडान गरिएका छन् । यीमध्ये अधिकांश सिसी क्यामरा कानूनविपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लगे पनि त्यसपछि नविकरण गरेका छैनन् ।

जिल्लामा ४० संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् । सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेका सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगञ्जमा रहेका ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टी होटलमै जडान गरिएका सिसी क्यामरा गैरकानूनी तथा मापदण्डविपरीत देखिएका छन् । ति होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताउनुभयो ।

उहाँकाअनुसार नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन् । नेपालमै नाम चलेका सोल्टी, होटल सिद्धार्थ भ्यूका साथै होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट, स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान भएको पाइएको छ ।

सहायक प्रजिअ अर्यालका अनुसार नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको लगानीमा सञ्चालनमा रहेको होटल स्नेहाले समेत सिसी क्यामरा जडानको अनुमति नलिनु आश्चार्यजनक भएको उहाँले बताउनुभयो ।

करोडौँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको ठाडो उल्लङ्घन गरिरहेको देखिएको छ । यस्ता निकायलाई कानूनी दायरामा ल्याउनका लागि यसअघि चासो नदिएको सम्बन्धित निकायले पछिल्लो समय कडाइ गरेको छ । बाँकेमा जताततै सिसी क्यामरा जडान भएका र अनुमति लिनेको सङ्ख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले केही कडाइ गरेको सहायक प्रजिअ अर्यालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले सिसी क्यामरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई मापदण्ड प¥याएर मात्रै क्यामरा जडान गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कुनै पनि संस्थालाई कानूनी दायरामा ल्याउने र कानूनले तोकेअनुसारको कारवाही गर्ने जनाइएको छ ।

सहायक प्रजिअ अर्यालले सिसी क्यामरा राख्नका लागि अनुमति लिएकाले पनि अपनाउनुपर्ने सामान्य प्रक्रिया पनि पूरा नगरेको बताउँदै भन्नुभयो, “सिसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा पनि ९० दिनसम्मको फुटेज सुरक्षित गरेर राख्नुपर्ने, तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ भन्नेजस्ता सूचना स्पष्ट देखिने गरी राख्नु अनिवार्य भए पनि अधिकांशले मापदण्डसमेत पूरा गरेका छैनन् ।”