३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने
अ+ अ-

चितवन। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ ।

भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि सल्लाहकार समिति, निर्माण समिति र स्रोत व्यवस्थापन समिति  बनाएर स्मृति उद्यान निर्माणको कार्य अघि बढाउने बताउनुभयो ।

सो अवसरमा बाढीपछि जिल्लामा भएको खोज, उद्धार तथा शव व्यवस्थापनका गतिविधिको समीक्षा गरिएको थियो । चितवनमा सञ्चालन गरिएको खोज, उद्धार तथा शव सङ्कलन र व्यवस्थापन कार्यमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई कदरपत्र समेत प्रदान गरिएको थियो ।

प्रजिअ अर्यालले भोटेकोशी बाढीपछि जिल्लामा हालसम्म ३६४ शव फेला परेको जानकारी दिनुभयो । तीमध्ये ३५१ शव जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिनुभयो । हालसम्म १२ शव आफन्तले बुझेर लगेका र एउटा शव अस्पतालमा रहेको उहाँले बताउनुभयो । बाढीमा परेर मरेका पशुको व्यवस्थापन भरतपुर महानगरपालिकाले गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । चितवनमा स्थायी ठेगाना भएका १५ जनाका परिवारजनले बाढीमा हराएका भन्दै नाम टिपाएको उहाँले बताउनुभयो ।

प्रजिअ अर्यालले भन्नुभयो, “पवित्रस्थल देवघाटमा हामीले शवको व्यवस्थापन गरेका छौँ । सो स्थानमा उद्यान बनाउँदा उनीहरुका आफन्तजन आएर मन बुझाउन, बहलाउन सकिन्छ भनेर उद्यान बनाउने योजना बनाएका हौँ ।”

यसबाट भावी पुस्तालाई इतिहास दर्शाउन महत्त्वपूर्ण टेवा पुग्ने र भविष्यमा आवश्यक पर्दा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्ने तथा न्याय खोज्ने प्रयोजनका लागिसमेत प्रमाणका रूपमा रहने भएकाले उद्यान बनाउने सोच आएको उहाँले बताउनुभयो ।

सो अवसरमा स्मृति उद्यानको डिजाइनसमेत प्रस्तुत गरिएको थियो । सघन सहरी विकास आयोजना चितवनका इञ्जिनियर दीपज्योति श्रेष्ठले स्मृति उद्यानको थ्रीडी डिजाइन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

भोटेकोशी घटना र चितवनमा गरिएको शव व्यवस्थापनका बारेमा नेपाली सेनाका तर्फबाट नयाँ सबुजदल गण भरतपुरका प्रमुख सेनानी सुदीप तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल र सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख धनबहादुर बानियाँले समीक्षा गर्नुभएको थियो । जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । रासस