४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पकी निजी सहायकलाई गोपनीय सूचना चुहाएको आरोप



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई उनको परिवारको निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ।

यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला उनले कुरा चुहाएको राष्ट्रपतिले थाहा पाएलगत्तै उनलाई बिहीवार हटाइएको थियो।न्यूजर्सीमा बिदा मनाउँदै गर्दा राष्ट्रपति ट्रम्पसँग आफ्नो पहुँचबारे वेस्टराउटले मदिरापान गर्दै धाक लगाएको सीबीएस न्यूजले जनाएको छ।

उनले अनौपचारिक रात्रिभोजका बेला न्यूजर्सीस्थित बर्कले हाइट्समा रहेको एउटा होटलमा पत्रकारहरूसँग गफगाफ गरेकी थिइन्।सीबीएस न्यूजलाई सूत्रहरूले बताएअनुसार त्यतिखेर वेस्टराउटले मदिरा पिएकी थिइन् र उनले ट्रम्पको परिवारसँग सम्बन्धित विवरण चुहाएकी थिइन्। साथै प्रसारकहरूले राष्ट्रपतिसम्म पहुँच माग्न गरेका प्रयासबारे उनले टिप्पणी गरेकी थिइन्।

न्यूयोर्क टाइम्सले ह्वाइट हाउस सूत्रलाई उद्धृत गर्दे वेस्टराउटलाई शुक्रवारदेखि नै ह्वाइट हाउसको कार्यकारी भवनमा आउन नदिइने उल्लेख गरेको थियो।