४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरुमा भेटिएको बालबालिकाको सामूहिक चिहान ‘अहिलेसम्मकै ठूलो’



अ+ अ-

काठमाडौं । पेरुमा राजधानी लिमाको उत्तरतर्फको तटीय नगरमा इतिहासकै सबैभन्दा ठूलो बालबालिकाहरूको सामूहिक चिहान फेला परेको छ । पुरातत्त्वविद्हरूले उत्खनन गरेको उक्त चिहानमा पाँचदेखि १४ वर्ष उमेरका २२७ जना बालबालिका भेटिएको हो।

ती बालबालिकाहरूको पाँच सय वर्षभन्दा अघि हत्या गरिएको ठानिएको छ।पुरातत्त्वविद्हरूले समाचार संस्था एएफपीलाई बताए अनुसार पछिल्लो उत्खननमा भेटिएका केही शवसँगै छाला र रौँ पनि थिए।

देशका अन्य दुईवटा भागमा २०० जना बालबालिकाको चिहान भेटिएको मात्र एक वर्षपछि पछिल्लो चिहान फेला परेको हो।

सामूहिक चिहान रहेको ठाउँमा उत्खननको काम चलिरहेको छ। पुरातत्त्वविद्हरूले अझैँ पनि थप शवहरू फेला पर्न सक्ने बताएका छन्।प्राप्त सङ्केतहरूले जाडो याममा बालबालिकाको हत्या गरिएको देखाएका छन् र समुद्रतर्फ फर्काएर गाडिएका छन्।

त्यसको अर्थ सम्भवतः चिमुले भगवान्‌लाई खुशी पार्न बालबलि चढाइएको हो।पेरुको उत्तरी तटसँगै चिमु बसोबासको केन्द्र थियो, जुन त्यस क्षेत्रको एउटा शक्तिशाली सम्भता मानिन्छ।