१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बाढीले भौतीक क्षति: जनजीवन प्रभावित

बाढीले भौतीक क्षति: जनजीवन प्रभावित
अ अ+ अ-

बेत्रावती । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ ।

केही स्थानमा पशुचौपायासमेत बगाएको छ । पहिरोले वडा नं २ को रालुकामा छ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश महतोका अनुसार वडा नं २ का श्यामबहादुर थापाको घर पहिरोले पुरिएको छ भने उनको गोठ कोषगाढे खोलामा आएको बाढीले बगाएको छ ।

सोही स्थानका सोमनाथ सापकोटाको घर र उनले सञ्चालन गर्दै आएको कुटानीपिसानी गर्ने मिल बगाएको छ भने एउटा गाईसहित गोठ नै बगाएको छ । बाढीको कटानका कारण स्थानीय हरि थापा, कृष्ण थापा, वासु थापा, शिशिर उप्रेती, शिव दाहाल, कुमार शिवभक्ति, गोविन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापालगायत किसानले धान लगाएको सयौँ रोपनी जग्गाको धानबालीमा क्षति पुगेको छ । धानखेत हुँदै अहिले खोला बगिरहेको छ ।

बाढीले वडा नं २ र ४ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ भने तादी गापाबाट दुप्चेश्वर गापा जाने खरानीटार–समुन्द्रटार सडक खण्डको पक्की पुलमा समेत क्षति पुर्याएको छ । पुलको पर्खाल बगाउँदा यातायात सञ्चालन प्रभावित भएको सोही स्थानका बासिन्दासमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बता्रए ।

पासाङल्हामु सडक अवरुद्ध

यसैबीच शनिबार राति परेको वर्षाका कारण त्रिशूली–ककनी–बालाजु पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको छ । प्रहरी चौकी ककनीका अनुसार ककनी गाउँपालिका–२ को बाह्रमाइल र खानीखोला भन्ने स्थानमा लेदोसहित आएको बाढीले सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा सानाठूला गरेर चार स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।