४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले भौतीक क्षति: जनजीवन प्रभावित



अ+ अ-

बेत्रावती । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ ।

केही स्थानमा पशुचौपायासमेत बगाएको छ । पहिरोले वडा नं २ को रालुकामा छ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश महतोका अनुसार वडा नं २ का श्यामबहादुर थापाको घर पहिरोले पुरिएको छ भने उनको गोठ कोषगाढे खोलामा आएको बाढीले बगाएको छ ।

सोही स्थानका सोमनाथ सापकोटाको घर र उनले सञ्चालन गर्दै आएको कुटानीपिसानी गर्ने मिल बगाएको छ भने एउटा गाईसहित गोठ नै बगाएको छ । बाढीको कटानका कारण स्थानीय हरि थापा, कृष्ण थापा, वासु थापा, शिशिर उप्रेती, शिव दाहाल, कुमार शिवभक्ति, गोविन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापालगायत किसानले धान लगाएको सयौँ रोपनी जग्गाको धानबालीमा क्षति पुगेको छ । धानखेत हुँदै अहिले खोला बगिरहेको छ ।

बाढीले वडा नं २ र ४ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ भने तादी गापाबाट दुप्चेश्वर गापा जाने खरानीटार–समुन्द्रटार सडक खण्डको पक्की पुलमा समेत क्षति पुर्याएको छ । पुलको पर्खाल बगाउँदा यातायात सञ्चालन प्रभावित भएको सोही स्थानका बासिन्दासमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बता्रए ।

पासाङल्हामु सडक अवरुद्ध

यसैबीच शनिबार राति परेको वर्षाका कारण त्रिशूली–ककनी–बालाजु पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको छ । प्रहरी चौकी ककनीका अनुसार ककनी गाउँपालिका–२ को बाह्रमाइल र खानीखोला भन्ने स्थानमा लेदोसहित आएको बाढीले सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा सानाठूला गरेर चार स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।