१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हिन्दी फिल्म वितरणमा मेरो साझेदारी छैन: दीपक

हिन्दी फिल्म वितरणमा मेरो साझेदारी छैन: दीपक
अ अ+ अ-

नेपाली चलचित्र क्षेत्रमा दीपकराज गिरी सफल निर्मातासँगै कलाकार हुन् । सर्वाधिक कमाउने चलचित्रको तिन वटै रेकर्ड उनले निर्माण गरेका चलचित्रले बनाएका छन् । यसैले, पनि दीपकराजका चलचित्रले सुस्ताएको चलचित्र क्षेत्रलाई सधै नै चलायमान बनाउँदै आएका छन् ।

उनी, अहिले वितरण कम्पनी एफडीका शेयर होल्डर समेत हुन् । तर, उनै दीपकराजले फेसबुकमा व्यक्तिगत सुझाव भन्दै लेखेको स्टाटसले नेपाली चलचित्रमाथि वितरक र हलवालाले गर्दै आएको हेपाहा प्रवृत्ती र चलचित्र विकास बोर्डको मौनतालाई दरिलो ब्यङ्ग्य गरेका छन् ।

दीपकराजले २ करोडमा साहरुख खान, सलमान खान लगायतका कलाकारको एक से एक विदेशी चलचित्रहरु किनन् सकिने भन्दै चलचित्र विकास बोर्ड विघटन गर्न संचार मन्त्रालयलाई सुझाव समेत दिएका छन् ।

दीपक लेख्छन्–‘सरकारको विद्यमान नीति अनुसार २ करोड खर्च गरेर नेपाली भाषाको चलचित्र बनाउनुको कुनै अर्थ छैन । नेपाली चलचित्र खास चल्दा पनि चल्दैन । राम्रो नि हुँदैन । त्यही २ करोडमा साहरुख खान, सलमान खान लगायतका कलाकारको एक से एक विदेशी चलचित्रहरु आउँछ । ती चलचित्रहरु किनेर चलाउने ।’

उनले अगाडि लेखेका छन्–‘नेपाली चलचित्र भन्दा हिन्दी चलचित्र सुरक्षित छ । राज्यले रातारात सेन्टर गरिदिइहाल्छ । सुविधा दिन्छ । हलहरुले पनि विशेष स्थान दिन्छन् । किन टाउको दुखाउने ? सबै मिलेर नेपाली चलचित्र नबनऔं, विदेशी चलचित्र किनेर चलाऔं । भाषा संकृती भाडामा जाओस् । व्यापार मुख्य कुरा हो नि । त्यसपछि विकास बोर्ड पनि चाहिन्न, राज्यको खर्च पनि कम हुन्छ । करै उठाउन काम त कर कार्यलयले गरिहाल्छ नी । होइन र ? व्यक्तिगत सुझाव हो है यो ।’

उनले आफु वितरण कम्पनिमा भएपनि हिन्दी फिल्म वितरणमा भने सांझेदार नरहेको प्रस्ट्याएकबा छन् । ‘मैले वितरण कम्पनि ज्वाइन गर्दा त्यहाँ हिन्दी फिल्म वितरण हुन्थेन’ उनि भन्छन् ‘हिन्दी फिल्मको प्रोफिट र लसमा मेरो साँझेदारी छैन ।’