१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कंगोमा इबोला भाइरसको प्रकोप: वार्षिक दुई हजारको मृत्यु

कंगोमा इबोला भाइरसको प्रकोप:  वार्षिक दुई हजारको मृत्यु
अ अ+ अ-

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट वार्षिक दुई हजारजनाको ज्यान गएको बताइएको छ।

कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारीअनुसार संक्रमणबाट २ हजार ५ जनाको ज्यान गएको छ। तीमध्ये १ हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो। उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगस्टमा देखा परेको थियो।

स्वास्थ्य अधिकारीले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन्। अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको जनाइएको छ।

पछिल्लो सयम सन् २०१४ मा यो संक्रमणले धेरै नागरिकको ज्यान लिएको थियो। सन् २०१४ देखि शुरु भएको यस संक्रमणबाट दुई वर्षमा कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो।

यो भाइरस जंगली जनावरबाट मानिसमा सर्दछ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तिब्र गतिमा सर्दछ । संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्दछ । इबोला खासगरी चमेरोमा पाइन्छ, तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरुमा यो जीवाणु सार्दछ ।

चिम्पान्जी, गोरिल्ला, बाँदर, मृग र दुम्सी पनि इबोला भाइरसबाट संक्रमित भएका हुन सक्छन् । यी जनावरको शिकार गर्ने र खाने व्यक्ति पनि इबोलाबाट संक्रमित हुन सक्छन् । इबोला संक्रमित व्यक्तिलाई २ देखि २१ दिनको अवधिमा मात्र लक्षण देखा पर्न थाल्दछ । यस्ता रोगग्रस्त व्यक्तिलाई उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने गर्दछ । साथै, झाडावान्ता हुने, छालामा घाउहरु देखिने, मृगौला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राब हुने डब्लुएचओले जनाएको छ ।

उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भएपनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ ।