४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित: होन्डुरस र मेक्सिको



अ+ अ-

होन्डुरस । मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ । स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए ।

आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन् ।