१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश र कतारका लागि नेपाली राजदूतद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौं । बंगलादेश र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनिहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण गर्नेमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर वंशीधर मिश्र र कतारका लागि नेपालको अवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर नारदनाथ भारद्वाज रहेका छन् ।

सपथ ग्रहण कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकार उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।