१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्ने



अ+ अ-

काठमाडौं । भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ।

आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्छ।

मापसे गरेर सवारी चलाएमा पहिलो पटक ६ महिना जेल र १० हजार भारतीय रुपैयाँ जरिमाना हुनेछ। सोही मानिसले दोस्रो पटक मापसे गरेर गाडी चलाए दुई वर्ष जेल र १५ हजार रुपैयाँ जरिमाना तिराइने कानुनमा उल्लेख छ।