काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा खोजी तथा उद्धारका क्रममा तीन वटा शव फेला परेका छन् ।
गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको थियो । सोही क्रममा आयोजनाको सुरुङभित्र तीन वटा शव फेला परेको हो ।









