३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी प्रतिवेदन बुझाइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार छानबिन प्रतिवेदनले आचारसंहिता उल्लंघन गरेको देखाएका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको छ ।

मन्त्री मेहताले गजेन्द्रनारायण सिंह अस्पतालमा जनशक्ति व्यवस्थापन कमजोर रहेको समेत पाइएको बताउनुभयो । अस्पतालमा ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति भइसकेको र अब मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, थप सात जना चिकित्सकलाई दुई वर्षका लागि अस्पतालमा खटाइएको उहाँले बताउनुभयो ।

मन्त्री मेहताले सुरक्षित मातृत्व सुविधा मात्र नभई हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि महिला प्रसव पीडामा स्वास्थ्य संस्थाको ढोकाबाहिर बस्नुपर्ने अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले सरकारी अस्पतालमा बिरामीको लामो लाइन र टिकटसम्बन्धी समस्या समाधान गर्न अनलाइन टिकट, टोकन प्रणाली, डिजिटल सेवा तथा फास्ट ट्र्याक विस्तार भइरहेको पनि जानकारी दिनुभयो ।

अस्पतालको सेवा प्रवाहको अनुगमनका लागि मन्त्रालयले ४० सदस्यीय समिति गठन गरेको मन्त्री मेहताले बताउनुभयो । विभिन्न सरकारी अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन भइरहेको र वीर अस्पतालमा समेत ईएचएस सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

डिजिटल सेवा र विस्तारित ओपीडीमार्फत बिरामीको चाप तथा प्रतीक्षा समय घटाउँदै सरकारी अस्पतालको सेवा थप सहज बनाउने मन्त्रालयको योजना रहेको मन्त्री मेहताको भनाइ छ ।




भर्खरै