६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग: ३२ जना खेलाडी दोस्रो चरणमा छनोट



अ+ अ-

काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि ३२ जना महिला खेलाडी दोस्रो चरणमा छनोट भएका छन् ।

आइतबार महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ४० जना प्रारम्भिक खेलाडीबाट ३२ खेलाडीलाई छनोट गरेका हुन् ।अन्तिम २३ सदस्यीय टोलीको घोषणा भने सेप्टेम्बर ८ बाट किर्गिस्तानमा सुरु हुने नादेझ्दो कप खेल्न जानुअघि हुने एन्फाले जनाएको छ।

साग खेलकुद यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुदैछ ।

यो प्रतियोगितामा किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने छन् । यो प्रतियोगिता यहि भदौ २० देखि २७ गतेसम्म हुँदैछ ।

३२ सदस्यीय खेलाडी

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, निशा ठोकर, पुनम जर्घामगर, विमला विक, पूजा रानामगर, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल

मिडफिल्डर : अञ्जिलीकुमारी योञ्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, शर्मिला थापा, सविता रानामगर, प्रिति राई

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा कृष्णा खत्री र रश्मीकुमारी घिसिङ ।