४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँगाउँमा विकासको मूल फुटेको छ: मन्त्री विश्वकर्मा



अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताएका छन् । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उनले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भने, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको छ ।” विगतमा शारीरिक परिश्रमबाट व्यायाम प्राप्त भए पनि पछिल्लो समय त्यसो हुन नसक्दा मधुमेह, उच्च रक्तचापलगायत समस्याका बिरामीहरुको सङ्ख्या बढेकाले बिहान/बेलुका खेलकूदमा ध्यान दिनुपर्ने भनाइ मन्त्री विश्वकर्माको छ ।

उनले विकास निर्माणका कार्य गुणस्तरीय हिसाबले निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी, प्राविधिक कर्मचारी र स्थानीयवासीको भूमिका रहने भएकाले सबैले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्वास्थ्य सेवालाई चौबिसै घण्टा आम जनताको पहुँचमा पुर्याउनुपर्ने उल्लेख गर्दै आधुनिक भवनसँगसँगै आधारभूत स्वास्थ्य सेवा र औषधि उपलब्ध हुनुपर्ने बताए ।

सार्वजनिक खरीद ऐन समयसापेक्ष परिमार्जन नहुँदा विकास योजना शुरुआत गर्न ढिलाइ हुने गरेको बताउँदै उनले सरकारसँग सो ऐन परिमार्जन गरी सरल बनाउन माग गरे । वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले वडाका प्रत्येक घरमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुसार काम अघि बढेको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख उमेश चौधरी, नेकपाका वडाध्यक्ष विष्णु गौतम, नेपाली काङ्ग्रेसका वडा सभापति महेश्वर पाण्डे, महिला स्वास्थ्य स्वयंसेविका दुर्गा बस्नेत लगायतले समयमै भवन निर्माण भएर जनताले सेवा पाउनुपर्ने बताएका थिए ।

विसं २०५१ मा निर्माण गरिएको साँघुरो र अस्थायी भवनबाट सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकीको नयाँ भवन निर्माणका लागि पुनर्निमाण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइको रु एक करोड ८० लाख बजेटबाट काम शुरु भएको हो ।

भवन निर्माणका लागि न्यू ड्रागन जेभीसँग आगामी १५ महीनाभित्र सम्पन्न गर्ने गरी गत असार १६ गते ठेक्का सम्झौता भएको प्राधिकरणका एकाइ प्रमुख चौधरीले जानकारी दिए । स्वास्थ्य चौकी पाँच रोपनी क्षेत्रफलमा बर्थिङ सेन्टरसहित दुई तलाको बन्ने बताइएको छ ।