१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गाउँगाउँमा विकासको मूल फुटेको छ: मन्त्री विश्वकर्मा

गाउँगाउँमा विकासको मूल फुटेको छ: मन्त्री विश्वकर्मा
अ अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताएका छन् । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उनले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भने, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको छ ।” विगतमा शारीरिक परिश्रमबाट व्यायाम प्राप्त भए पनि पछिल्लो समय त्यसो हुन नसक्दा मधुमेह, उच्च रक्तचापलगायत समस्याका बिरामीहरुको सङ्ख्या बढेकाले बिहान/बेलुका खेलकूदमा ध्यान दिनुपर्ने भनाइ मन्त्री विश्वकर्माको छ ।

उनले विकास निर्माणका कार्य गुणस्तरीय हिसाबले निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी, प्राविधिक कर्मचारी र स्थानीयवासीको भूमिका रहने भएकाले सबैले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्वास्थ्य सेवालाई चौबिसै घण्टा आम जनताको पहुँचमा पुर्याउनुपर्ने उल्लेख गर्दै आधुनिक भवनसँगसँगै आधारभूत स्वास्थ्य सेवा र औषधि उपलब्ध हुनुपर्ने बताए ।

सार्वजनिक खरीद ऐन समयसापेक्ष परिमार्जन नहुँदा विकास योजना शुरुआत गर्न ढिलाइ हुने गरेको बताउँदै उनले सरकारसँग सो ऐन परिमार्जन गरी सरल बनाउन माग गरे । वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले वडाका प्रत्येक घरमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुसार काम अघि बढेको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख उमेश चौधरी, नेकपाका वडाध्यक्ष विष्णु गौतम, नेपाली काङ्ग्रेसका वडा सभापति महेश्वर पाण्डे, महिला स्वास्थ्य स्वयंसेविका दुर्गा बस्नेत लगायतले समयमै भवन निर्माण भएर जनताले सेवा पाउनुपर्ने बताएका थिए ।

विसं २०५१ मा निर्माण गरिएको साँघुरो र अस्थायी भवनबाट सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकीको नयाँ भवन निर्माणका लागि पुनर्निमाण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइको रु एक करोड ८० लाख बजेटबाट काम शुरु भएको हो ।

भवन निर्माणका लागि न्यू ड्रागन जेभीसँग आगामी १५ महीनाभित्र सम्पन्न गर्ने गरी गत असार १६ गते ठेक्का सम्झौता भएको प्राधिकरणका एकाइ प्रमुख चौधरीले जानकारी दिए । स्वास्थ्य चौकी पाँच रोपनी क्षेत्रफलमा बर्थिङ सेन्टरसहित दुई तलाको बन्ने बताइएको छ ।