४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय संस्थामा सुरक्षामा चुनौती थपियो: सुवेदी



अ+ अ-

काठमाडौं । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरु नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि नेपाल आउने गरेको बताएका छन् । उनले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षामा चुनौती थपिएको बताए।

शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले उक्त कुरा बताएका हुन् ।

हालसम्म लुटपाटमा संगलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको सुवेदीले जानकारी दिए । उनीहरुको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको उनले बताए ।