१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगू नियन्त्रणका गर्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदबाट चर्को आलोचना



अ+ अ-

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भिर नभएको ? भनि सरकारलाई प्रश्न पनि गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डेंगू रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाए । उनले सो रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गरेका थिए । उनले डेंगू रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताए ।