३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक



अ+ अ-

लहान । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताएका छन् । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने बताए ।

अझै समाजमा छोरालाई पढाउने तर छोरीलाई काममा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पुर्याउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गरे ।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ‘ग्यारेन्टी’समेत गरेको बताउँदै उनले अब कुनै पनि बहानामा छोरीहरुमाथि भेदभाव हुन नदिने जिकिर गरे । उनले शैक्षिकरूपमा पछाडि रहेको प्रदेश २ लाई शिक्षित प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले सो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा मुख्यमन्त्री राउतले उक्त विद्यालयमा अध्ययनरत १०३ जना छात्रालाई साइकल हस्तान्तरण गरे।