२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने



अ+ अ-

काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद ,नेपाल (एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्य सहित वर्माको याङ्गन तर्फ यही भाद« १३ गते प्रस्थान गर्ने भएको छ ।

वर्मा स्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोली वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो । सो टोलीले याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थीत नेपाली दुताबासको प्राङ्गणमा यही भाद« १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री , महिलाहरुले प्रयाग गर्ने पोते , किलीप , चुरा , कुशन कभर , दौरा सुरुवाल , साडी र चोली , मखमली चप्पल , बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु , गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

सो सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी ) नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एकअंग हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरुको महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । बिगत दश बर्ष देखि यो संस्थाले महिला उद्यमीहरुको हितका लगी बिभिन्न कदमहरु चाल्दै आएको छ ।