१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने



अ+ अ-

काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद ,नेपाल (एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्य सहित वर्माको याङ्गन तर्फ यही भाद« १३ गते प्रस्थान गर्ने भएको छ ।

वर्मा स्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोली वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो । सो टोलीले याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थीत नेपाली दुताबासको प्राङ्गणमा यही भाद« १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री , महिलाहरुले प्रयाग गर्ने पोते , किलीप , चुरा , कुशन कभर , दौरा सुरुवाल , साडी र चोली , मखमली चप्पल , बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु , गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

सो सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी ) नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एकअंग हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरुको महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । बिगत दश बर्ष देखि यो संस्थाले महिला उद्यमीहरुको हितका लगी बिभिन्न कदमहरु चाल्दै आएको छ ।