३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसमिति प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । समितिको विसं २०७५ चैत २६ गतेको बैठकद्वारा समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारू र योगेशकुमार भट्टराई रहेका थिए ।

समितिका सभापति जयपुरी घर्तीलाई उपसमितिका संयोजक राईले आज प्रतिवेदन हस्तान्तरण गर्नुभयो । विभिन्न ६ परिच्छेद रहेको सो प्रतिवेदनले सुझाव दिएको छ । उपसमितिका संयोजक राईले प्रतिवेदन हस्तान्तरण गर्दै उपसमितिले विभिन्न २२ वटा मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत सम्बद्ध संस्थाका प्रमुखसित छलफल गरेको जानकारी दिए ।

सभापति घर्तीले मेडिकल कलेजहरुको शुल्क विवाद अन्त गर्न प्रतिवेदन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।