२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूहको १.४७ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ७.१४, होटल ३५.९६, विकास बैंक ३.३२, जलविद्युत् १९.७३, निर्जीवन बीमा ८०.०७, उत्पादन ४०.४६, अन्य ४.५, लघुवित्त १३.०४, जीवन बीमा १४३.४९ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो ।

यस्तै, शिवम् सिमेन्ट रु एक करोड १९ लाख ६७ हजार ४६०, प्रभु बैंक रु एक करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड तीन लाख र कुमारी बैंक रु ९३ लाख ५१ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ । स्टकका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सो संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाए ।

युनाइटेड फाइनान्स ९.७१, गरिमा विकास लघुवित्त वित्तीय संस्था ४.९०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.७७, कर्णाली डेभलपमेन्ट बैंक २.८८, घलेम्दी हाइड्रोका शेयरधनीले २.७४ प्रतिशतले कमाए । त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी ६.४०, रसुवागढी हाइड्रोपावर ५.९४, ओरियण्टल होटल ५.५१, हिमालयन पावर पार्टनर ५.४०, एनएलजी इन्स्योरेन्स ४.८२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ४.७६ प्रतिशतले गुमाए ।