३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार सकिने



अ+ अ-

काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार ट्वीट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ।

प्रमसँगै रहनुभएका उनका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ।’ अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ।

स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए । पुन उनि भाद्र ५ गते सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको स्वास्थ्य जाँचको फलोअप लागि गएका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

प्रधानमन्त्री ओलीसँगै उनकी प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य पनि सिंगापुरमा नै छन् ।