३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुवा गरिएका सहसचिवहरुलाई तीन दिनभित्र हाजिर हुन निर्देशन



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ ।

सरकारले निजामती ऐन अनुसार वरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयका सचिव बनाएर सरुवा गरेको थियो । तीमध्ये कतिपय खटाइएको ठाउँमा गइसकेका छन् भने कतिपय हाजिर भएका छैनन् ।

संघीय मामिला मन्त्रालयले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभिन्न मन्त्रालय तथा निकायहरुमा पत्राचार गरी सरुवा भएका तथा कामकाज गर्न खटाइएका सहसचिवहरुलाई खटाइएका निकायमा रमाना लिई हाजिर हुन गएको जानकारी तीन दिनभित्र पठाउन भनेको छ ।

मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ पठाई सम्बन्धित प्रदेशबाट अन्यत्र सरुवा भएका कर्मचारीलाई पनि तीन दिनभित्र रमाना दिन भनेको छ ।