१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उत्खनन् भएन दाङको पेट्रोल खानी

उत्खनन् भएन दाङको पेट्रोल खानी
अ अ+ अ-

– दीपक बोहरा

तुलसीपुर । विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो । खोजी गरिए दाङका अन्य ठाउँहरुमा पनि पेट्रोल खानी हुनसक्ने विज्ञहरु औँल्याउँछन् । यस विषयमा राज्यको ध्यान पुग्न सकेको छैन ।

विसं २०७२ मा भारतले नाकाबन्दी गरेका बेला उक्त पेट्रोल खानीबाट पेट्रोल निकाल्ने चर्चा चलेको थियो तर, काम भने भएन । धेरै वर्ष पहिले पेट्रोल खानी भएको निष्कर्ष विज्ञहरुले निकालिसकेको भए पनि अहिलेसम्म उत्खनन्को प्रयास कतैबाट पनि नहुनु दुःखद भएको नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मी बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बखरियामा रहेको पेट्रोल खानी उत्खनन् गर्न केन्द्रीय सरकारसँग सहकार्य गर्ने बताउँदै आएका छन् । स्थानीय बासिन्दाका अनुसार खानी तथा भू–गर्भ विभागले २०२८ सालमा उत्खनन् गर्दा बखरियामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको थियो । सोही तथ्यलाई आधार मान्दै बखरियाको पेट्रोल खानीका जानकार स्थानीय जेष्ठ नागरिक हरिभक्त भण्डारीले तत्कालीन समयमा भारतको दबाबमा रोकिन पुगेको पेट्रोल खानीको उत्खनन् पुनः थाल्न माग गर्दै आइरेहका छन् ।

दाङको तुलसीपुरबाट झण्डै १२ किलोमिटर दक्षिणमा रहेको बबई किनारको उक्त बखरिया गाउँमा खानी भएको प्रमाणित भएपछि ३० को दशकमा त्यहाँ दुईवटा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिनसमेत जडान गरिएको थियो । उक्त खानी उत्खनन्मा विशेष भूमिका निर्वाह गर्नुभएका भण्डारी त्यो बेला खानीबाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिए ।

‘विसं २०२८ मा खानी उत्खनन् गर्दा पेट्रोलमा पाइने तत्व फेला परेको थियो,’ उनले भने– ‘उत्खनन्को क्रममा खानीबाट निस्केको पानीले जमीन र हरियो घाँस डढ्ने गथ्र्यो ।’ भण्डारीका अनुसार खानी खन्ने क्रममा बखरिया आसपासको क्षेत्रमा ग्यास खानी रहेको पत्ता लागेको प्रविधिज्ञहरुले बताएका थिए । अनुसन्धानका क्रममा उरहरीको क्वाङखोलाबाट सुकौराको पूर्वी इनारसम्म ग्यास खानीको सम्भावना औँल्याइएको बखरिया निवासी ७९ वर्षीय भूपाल बस्नेतले जानकारी दिए । बस्नेत बखरियामा पेट्रोल उत्खनन्का लागि निर्मित गोदामको प्रमुख भएर १५ वर्षसम्म काम गरेका व्यक्ति रहेका छन् ।

उनले भने– ‘फेरि पनि यसको उत्खनन्मा राज्यले ध्यान दिन जरुरी छ । उरहरीको सुकौरास्थित प्राकृतिक जरुवाको पानीमा जापानी इञ्जिनीयरहरुले परीक्षण गर्दा आगो लागेको आफ्नै आँखाले देखेको हुँ ।’ पेट्रोल खानीका लागि प्राविधिक टोलिसँगै आफूले काम गरेको जानकारी दिने बस्नेतले भने– ‘तत्कालीन समयमा पेट्रोल उत्खनन् मेसिनका प्रमुख श्यामकृष्ण खड्काले ‘मलाई तिमीहरु त भाग्यमानी रहेछौं, तिम्रो घरको आँगनमै पेट्रोल निस्कने भयो’ भनेको आजै जस्तो लाग्छ ।’ दाङमा कोइलाखानी चालू छ ।

सिमेन्टका लागि आवश्यक चुन ढुङ्गाको भण्डार छ । देउखुरीमा सुन खानीको उत्खनन् जारी छ । तामा खानीको पनि सम्भावना भएकाले बबईको समथर भू–भाग बखरियामा पेट्रोल खानीको प्रवल सम्भावना रहेको भू–गर्भ विद्हरु बताउँछन् ।

वि।सं २०३० को दशकमा साबिक दाङ फूलबारी–६ बखरियास्थित पेट्रोल खानी उत्खनन् भइरहेको स्थानको निरीक्षण र अवलोकन गर्न राजा वीरेन्द्र पनि बखरिया पुगेका थिए । उनले उत्खनन्मा खटिएका प्रविधिज्ञहरुसँग सोधपूछ पछि स्थानीय बासिन्दालाई बधाई दिएका थिए । आफ्नो बस्तीमा खानी सञ्चालनमा आउने कुराले बखरियावासी खुशी बनेका थिए तर, भारतले पटकपटक नेपाललाई पत्राचार गरी उत्खनन् रोक्न दबाब दिएको जानकारहरु वताउँछन् ।

जेष्ठ नागरिक भण्डारीका अनुसार दाङको बखरियामा पेट्रोल खानी सफल भए भारतको उत्तर प्रदेशको खानीलाई असर पर्ने भन्दै काम रोक्न दबाब आएको थियो । पटक पटकको पत्राचार पछि पनि उत्खनन् नरोकिएपछि भारतले रुपैडिया नाकामा नाकाबन्दी गरेको भण्डारी सम्झन्छन् । जानकारहरु भन्छन् – ‘खन्ने मेसिनका लागि आवश्यक इन्धनको अभाव भयो । दाङ र बाँकेमा इन्धनको अभाव सिर्जना गरियो । सोही समयमा खानी खन्ने जिम्मा लिएको भारतीय कम्पनीले मेसिनको ड्रिल फस्यो भन्दै काम रोके ।’

खानीको काम नाटकीय ढङ्गले रोकिएपछि तत्कालीन खानी तथा भू–गर्भ विभागका विभागीय प्रमुख दिनेश भट्टराईले स्थानीयवासीहरुसँग खानी सफल हुन नदिन ठूलो षड्यन्त्र भएको दुखेसो पोखेको स्थानीयवासी देवीराम कुसारीले बताए । उनका अनुसार रोकिएको उत्खनन् फेरि सञ्चालन हुने आशामा खानी उत्खनन्का लागि ल्याइएका औजार, मेसिन तथा सामग्री १५ वर्षसम्म बखरियाको गोदाममा राखिएको थियो ।

वि।सं २०२७ मा पेट्रोल खानी उत्खनन्मा सहयोग पुगोस् भनेर स्थानीयवासी भूपाल बस्नेत र उनका बुबा नरबहादुर बस्नेतले तत्कालीन उरहरी गाउँ पञ्चायतका प्रधानपञ्च ईश्वरीप्रसाद उपाध्यायको आग्रहमा आफ्नो जग्गा खानीको नाममा नामसारी गरिदिएका थिए ।

त्यसको लगतै जापानबाट झिकाइएका इञ्जिनीयरहरुसँगै खानी तथा भू–गर्भ विभागको टोलीले बखरियामा आएर उत्खनन्को काम शुरु गरेको थियो । अस्थायी र स्थायी संरचना पनि निर्माण गरिए तर, नाटकीय ढङ्गले सबै काम रोकिन पुग्यो । त्यो बेला करीब एक हजार ५०० फिट जमीनमुनि खनेर खानी रहेको निष्कर्ष निकालिएको थियो ।