१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

दस किराना पसललाई दुई लाख जरिवाना

दस किराना पसललाई दुई लाख जरिवाना
अ अ+ अ-

काठमाडौं । दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरिएको हो ।

मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदान बिक्री गरिएकाले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्तीको टोलीले पसलमा अनुगमन गरेको थियो ।

समय नाघेका पशुदाना बिक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदन प्राप्त भएपछि दास किराना पसललाई खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम रु दुई लाख जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’ का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात ४९० किलोग्राम पशुदाना म्याद नाघेको अवस्थामा पसलबाट भदौ २२ गते दाना बरामद गरिएको थियो ।

बरामद पशुदानाको बोरामा उत्पादन विसं २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर उल्लेख छ । उक्त पसलले भदौ १४ गते एक बोरा पशुदाना स्थानीय जयप्रसाद आचार्यलाई बिक्री गरेको पाइएको थियो । सो पशुदाना खाएर उहाँले पालेको गाई बिरामी भएको थियो ।

बिरामी गाईको उपचारमा रु चार हजार खर्च भएको आचार्यले बताउनुभयो । प्रचलित बजारको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि बुद्धशान्ति गाउँपालिका–३ बुधबारेस्थित शिवम् ट्रेड एण्ड सप्लायर्समा आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापाले सोमबार संयुक्त अनुगमन गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डिल्लीराम चौलागाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दनसमेत रहनुभएको टोलीले उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा शिवम् ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर नारायण कडरियालाई तीन दिनभित्र आर्थिक वर्ष २०८२÷८३ का बिल विजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजारमा प्रतिकेजी रु १२५ मा पाइने काँडेतारलाई उक्त पसलले प्रतिकेजी रु ३६० सम्ममा बिक्री गरेको बिल र रकम भुक्तानीको प्रमाणसहित पीडित उपभोक्ताले प्रशासनमा उजुरी दिनु भएपछि पसलमा अनुगमन गरिएको जनाइएको छ ।