३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु



अ+ अ-

काठमाडौं । ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरील उद्घाटन गर्नुभएको हो ।

यसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जोमसोममा भेला भइ झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुग्नुभएको थियो । सम्मेलनको उद्घाटन सत्र बिहान करिब तीन घण्टा चल्ने कार्यक्रम निर्धारण गरिएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा परेको असरका विषयमा केन्द्रित भइ सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनमा हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रुपमा मन्थन गरिने छ । हरितगृह ग्यास उत्र्सजनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका स्थानीय तहमा परेको जलवायु असरका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ ।

सम्मेलनको समापनका अवसरमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि हिमाली जिल्ला मुस्ताङबाट स्थानीय तहको संयुक्त सहभागितामा जलवायु घोषणापत्र २०८३ जारी गरिनेछ । विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु सङ्कट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनुपर्ने भावी कार्ययोजना र जलवायु अनुकूलनका उपायका सम्बन्धमा सम्मेलनमा विभिन्न कोणबाट छलफल हुनेछ ।

जलवायु सङ्कटले पृथ्वीको तापमान वृद्धि भई कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यावरण तथा मानवीय र भौतिक क्षेत्रमा परेको जोखिमका विषय सम्मेलनमा प्राथमिकताका साथ उठाइने छ । सम्मेलनमा यही भदौ १० गते रसुवा बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ ।