१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो
अ अ+ अ-

दाङ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ। सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ। तर त्यो कार्यान्वयन भने हुनसकेको छैन। अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ।

दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने गरेको बताए। ‘हामीले परीक्षा शुल्कसहित प्रत्येक विद्यार्थीबाट रु ५० देखि १२० सम्म लिने गरेका छौँ’, उनले भने।

त्यस्तै दङ्गीशरण–३ स्थित मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनालले कक्षा ६ देखि माथिका विद्यार्थीबाट रु ६० देखि १०० सम्म परीक्षा शुल्क लिने गरेको बताए।

यी त उदाहरण मात्रै हुन्, दाङका अधिकांश विद्यालयले अहिले विद्यार्थीबाट विभिन्न बहानामा रकम उठाइरहेका छन्। यो गैरकानूनी हो। दाङका ८२ प्रतिशत अभिभावकले शुल्क तिर्ने गरेको एक अध्ययनले देखाएको छ।

शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

विद्यार्थीबाट उठाएको उक्त रकमले विद्यार्थीको परीक्षामा आवश्यक पर्ने कपी, पेपरलगायतमा खर्च हुने गरेको प्रावि कौवाघारीका प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए। ‘विद्यार्थीबाट संकलन भएको यो रकम हामीले परीक्षाकै लागि खर्च गर्छौँ,’ उनले भने, ‘यो रकम अन्य कुनै स्रोतबाट पूर्ति हुन्छ भने हामीले यो पनि लिदैनौँ,’ विद्यार्थीबाट लिइने यो शुल्क गैरकानूनी भए पनि बाध्यता भएको शिक्षकहरुको भनाइ छ।

अहिले अधिकांस विद्यालयले मार्कसिटको समेत पैसा लिने गरेको प्रअहरुले बताएका छन्। केही विद्यालयले निजी स्रोतका शिक्षकहरुका लागि वार्षिक रु ५०० सम्म शुल्क उठाउने गरेका छन्।

अर्कोतर्फ अहिले गाउँपालिकामा निजी स्रोतका शिक्षक विद्यालयले आफै मनोमानी ढङ्गले भर्ना गरेको र ती शिक्षकलाई तलब खुवाउन नसकेको भनी गुनासो आउने गरेको छ।

दङ्गीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले अहिले दङ्गीशरण गाउँपालिकामा रहेका विद्यालय मर्ज गर्नुपर्ने बताए। साथै विद्यार्थीलाई टाढा हुने अवस्था आएमा बस किन्न सकिने तर धेरै विद्यालय हुँदा समस्या भएको उनको भनाइ छ।

दाङमा ८२ प्रतिशत अभिभावकले सामुदायिक विद्यालयमा शुल्क तिर्ने गरेको तथ्याङ्क छ। नेपाल इभालुएसन एण्ड एस्एसमेन्ट टिमले दाङको दङ्गीशरण र शान्तिनगर गाउँपालिकामा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। साथै ७७ प्रतिशतले भर्ना शुल्क, ९८ प्रतिशतले परीक्षा शुल्क तिर्ने गरेको तथ्याङ्क रहेको छ भने १० प्रतिशतले प्रत्यक्ष निजी शिक्षकको तलबका लागि तिर्ने गरेको तथ्याङ्क छ।