२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोरिअन आँधीः पश्चिमी बहामसमा क्याटगरी पाँचको शक्तिशाली आँधी



अ+ अ-

काठमाडौं । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर पश्चिमी बहामस पुगेको छ।स्थानीय समयानुसार दिउँसो १२ः४० मा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो।

डोरिअन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्यान्डा बहामा टापुमा आइतवार अबेर वा सोमवारसम्म पुग्ने अपेक्षा गरिएको छ। ग्र्यान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ। स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्य सामाजिक सञ्जालमा प्रकाशित गरेका छन्।

समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन अति खतरानाक आँधी हो।

जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्।अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गराए पनि आइतवार प्रमुख विमानस्थल खुला राखिएको छ।

यसअघि बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्र्यान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न आदेश दिएका थिए। सबै पर्यटकहरूलाई त्यहाँबाट बाहिर जान आदेश दिइएको थियो।

बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमवार अबेर प्रवेश गर्ने अनुमान गरिएको छ। संयुक्त राज्य अमेरिकाका चारवटा राज्य फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्था घोषणा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले डोरिअन आँधीसँग सम्बन्धित घटनाक्रमलाई नियालिरहेको बताएका छन्।उनले पोलन्ड जाने निर्धारित कार्यक्रम भ्रमण स्थगित गरी आफ्नो ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई पठाएका छन्।