४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोरिअन आँधीः पश्चिमी बहामसमा क्याटगरी पाँचको शक्तिशाली आँधी



अ+ अ-

काठमाडौं । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर पश्चिमी बहामस पुगेको छ।स्थानीय समयानुसार दिउँसो १२ः४० मा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो।

डोरिअन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्यान्डा बहामा टापुमा आइतवार अबेर वा सोमवारसम्म पुग्ने अपेक्षा गरिएको छ। ग्र्यान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ। स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्य सामाजिक सञ्जालमा प्रकाशित गरेका छन्।

समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन अति खतरानाक आँधी हो।

जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्।अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गराए पनि आइतवार प्रमुख विमानस्थल खुला राखिएको छ।

यसअघि बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्र्यान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न आदेश दिएका थिए। सबै पर्यटकहरूलाई त्यहाँबाट बाहिर जान आदेश दिइएको थियो।

बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमवार अबेर प्रवेश गर्ने अनुमान गरिएको छ। संयुक्त राज्य अमेरिकाका चारवटा राज्य फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्था घोषणा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले डोरिअन आँधीसँग सम्बन्धित घटनाक्रमलाई नियालिरहेको बताएका छन्।उनले पोलन्ड जाने निर्धारित कार्यक्रम भ्रमण स्थगित गरी आफ्नो ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई पठाएका छन्।