४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीरमा भारतीय कदम अस्वीकार्य: अमेरिकी नेता स्यान्डर्स



अ+ अ-

काठमाडौं । अमेरिकी बरिष्ठ नेता बर्नी स्यान्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य रहेको बताएका छन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा दाबेदारसमेत रहेका स्यान्डर्सले कश्मीरको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताएका हुन् ।

सुरक्षाको नाममा कश्मीरमा विरोधको आवाजलाई दबाइएको र स्वास्थ्य सेवाबाट समेत नागरिकलाई वञ्चित गरिएको भन्दै उनले कडा आपत्ति जनाएका छन् । ‘भारतमा कैयौ चिकित्सकले कश्मीरमा भारत सरकारले लगाएको प्रतिबन्धका कारण विरामीको अतिआवश्यक उपचार समेत नपाएको उल्लेख गरेका छन् ।’ नेता स्यान्डर्सले भने।

अमेरिकी मुस्लिम समुदायको एक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता स्यान्डर्सले कश्मीरबारे आफ्नो धारणा राखेका हुन् । उनले जम्मू–कश्मीरमा सञ्चार सेवामा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउन पनि माग गरे।

उनले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारको पक्षमा खुलेर बोल्नुपर्ने माग पनि गरे।