२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाको गाडीमाथि हेजवुल्ला समूहद्वारा आक्रमण



अ+ अ-

काठमाडौं । लेबनानी हेजबुल्ला समूहले सीमा क्षेत्रमा आएको इजरायली सेनाको गाडीलाई आइतबार आक्रमण गरी पूर्णरूपमा क्षति पुर्‍याएको बताइएको छ। उक्त समूहका अनुसार गाडीमा रहेका इजरायली सेनामध्ये केहीको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

लेबनानको स्थानीय टेलिभिजन च्यानल अल मानरले गाडीमा कति सवार थिए र मृत्यु हुने वा घाइते हुनेको सङ्ख्या भने समाचार तयार पार्दासम्म खुल्न नसकेको बताएको छ ।

यसैबीच, हेजबुल्ला समूहको आक्रमणपछि दक्षिणी इजरायलले मारौन अल–रस र यारौन क्षेत्रमा आक्रमण गर्न आफ्नो सेना बाध्य भएको इजरायलले जनाएको छ।