१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाको गाडीमाथि हेजवुल्ला समूहद्वारा आक्रमण



अ+ अ-

काठमाडौं । लेबनानी हेजबुल्ला समूहले सीमा क्षेत्रमा आएको इजरायली सेनाको गाडीलाई आइतबार आक्रमण गरी पूर्णरूपमा क्षति पुर्‍याएको बताइएको छ। उक्त समूहका अनुसार गाडीमा रहेका इजरायली सेनामध्ये केहीको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

लेबनानको स्थानीय टेलिभिजन च्यानल अल मानरले गाडीमा कति सवार थिए र मृत्यु हुने वा घाइते हुनेको सङ्ख्या भने समाचार तयार पार्दासम्म खुल्न नसकेको बताएको छ ।

यसैबीच, हेजबुल्ला समूहको आक्रमणपछि दक्षिणी इजरायलले मारौन अल–रस र यारौन क्षेत्रमा आक्रमण गर्न आफ्नो सेना बाध्य भएको इजरायलले जनाएको छ।