६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुन्छ: प्रधानमन्त्री खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन् । ५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए) लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताएका हुन् ।

भारतले कश्मीर लिएको नयाँ कदमको विरोध गर्दै खानले यो मुद्दामा अन्तर्राष्ट्रिय समुदायले हेर्नुपर्नेमा जोड दिए । ‘यदि दुई परमाणु शक्ति सम्पन्न देशबीच युद्ध भयो भने यो सानो युद्ध हुने छैन। मैले मुस्लिम देशका शासकसँग कुराकानी गरेका छु ।

मलाई थाहा छ कि भारतमा केही मानिसहरु अझै पनि नेहरु र गान्धीको विचारधारमा विश्वास गर्छन्। तर मोदी प्रधानमन्त्री बनेपछि स्थिती बदलिएको छ। मलाई आशा छ कि अन्तर्राष्ट्रिय समुदायले कश्मीरलाई लिएर आफ्नो भूमिका निर्वाह गर्नेछन्।’ प्रधानमन्त्री खानले भने