• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मोरङमा बसको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु



फाइल फाटो

काठमाडौं । मोरङमा बसको ठक्करबाट सोमबार विहान एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–६ की ८० वर्षीया नन्दकुमारी राई रहेका छन् ।

विहान साढे ७ बजेतिर ना२ख ५२२७ नम्बरको बसबाट ओर्लिएर बाटो काट्ने क्रममा मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लामा सोही बसले राईलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारका क्रममा साढे ८ बजे उर्लाबारीस्थित अरनीको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।