४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहार सरकारले पान मसालामा समेत प्रतिबन्ध लगायो, सरकारलाई ठूलो घाटा हुने आकंलन



अ+ अ-

काठमाडौं । बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ।हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ।

शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ।जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न पाइनेछैन।

सरकारी स्वास्थ्य निकायले रजनीगन्धा, राज निवास, सुप्रिम, पान पराग, राजश्री, रौनक, सिग्नेचर, कमला पसंद, मधु पान मसाला आदिलाई प्रतिबन्ध समेत लगाएको छ ।

यी सबै पान मसालामा प्रतिबन्धित रसायन म्याग्नेसियम कार्बोनेट पाइएको थियो।

बिहार च्याम्बर अफ कमर्शका अध्यक्ष पीके अग्रवाल भन्छन्, “मदिराको प्रतिबन्धले सामाजिक अवस्थामा परिवर्तन त आएको छ तर सरकारलाई राजस्वमा हानी हुनुका साथै यसले अरू नै धन्दा फष्टाएको पनि छ।”

यो फैसलाको प्रभाव कहाँ र कसरी हुन्छ यो भविष्यले देखाउनेछ तर सुन्दा यो पहल उपयोगी छैन किनभने बिहारमा कुनै पान मसाला कम्पनी छँदै छैन।सरकारले सोचेरै यो काम गरेको होला, र सामाजिक उत्थानमा केन्द्रित होला।

बिहारमा पान मसालाहरूको सोखिन मानिसहरूको सङ्ख्या निकै धेरै छ। सरकारलाई यसबाट घाटा हुनेछ। यस्तो व्यवस्था पहिले पनि भएको थियो। तर लत बसेकाहरूले जसरी पनि त्यसको व्यवस्था गर्ने गर्छन्।