१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गैँडा गणना चैतमा

गैँडा गणना चैतमा
अ अ+ अ-

चितवन । यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा गैँडा गणना एकसाथ गरिने छ । विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गैँडा गणनाका लागि गृहकार्य शुरु भइसकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम शुरु भएको छ । “विभागमा पनि छुट्टै समिति गठन हुनेछ”, कँडेलले भने ।

गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख विनियोजन गरेको छ । अपुग रकमका लागि दाताको भर पर्नुपर्ने विभागले जनाएको छ । सवै निकुञ्जमा गैँडा गणना गर्दा रु एक करोड ५० लाख हाराहारी खर्च हुने कँडेलले जानकारी दिए । गत वर्ष विभागले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन ।

कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि दश दिनसम्म लाग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी गैँडा चितवनमा छ । सन् २०१५ को गणना अनुसार देशभर ६ सय ४५ गैँडा रहेका थिए । छ सय पाँच गैँडा चितवन निकुञ्जमा थिए । दुई वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैँडा बगाएको थियो । केही गैँडा मृत भेटिएका थिए । गैँडाको वास्तविक सङ्ख्या पत्ता लगाउन गत आवमा गणनाको तयारी गरिएको थियो ।

प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । यसैगरी हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकिने हात्तिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न अर्को समिति गठन गरिएको ढकालले जानकारी दिए ।

कार्यदलमा साझेदार संस्थासँगै सरोकारवाला निकायका प्रमुख सदस्य छन् भने उपकार्यदलमा तिनका प्रतिनिधि सदस्य छन् । गैँडा गणना हुने भए पछि निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइनलगायत नियमित कामको कार्यतालिका अहिले नै निर्माण गरी काम अघि बढाइने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।