• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मानसिक असन्तुलन भएका बालकको डुबेर मृत्यु



सांकेतिक तस्विर

सर्लाही। चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले परेको थियो।