१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा अस्पतालमा सेवाग्राहीको चाप



अ+ अ-

बझाङ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो । दैनिक २०/२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए।

‘बीमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढीरहेका छन्, पहिले नै सो कार्यक्रम शुरु गर्ने भनिए पनि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भयो तर अहिले कार्यक्रम शुरु गर्यौ,’ अध्यक्ष पोखरेलले भने । सो बीमा कार्यक्रमले गरीब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ बस्ने सीतादेवी लम्साल बताउछन् ।

“उपचार नै गर्न नसकेर आँखाको समस्या भए पनि कतिपय अस्पतालमा जाँदैनथे, बीमा कार्यक्रमपछि बिरामी अस्पताल पुग्ने गरेका छन् । ” उनले भने । सो कार्यक्रम लागू भएपछि निःशुल्क औषधि उपचार सेवा पाएकोमा रामपुर नगरपालिका–३ रजघराका खुमबहादुर थापा क्षेत्रीले खुशी व्यक्त गरे ।

“आँखा जाँच, चश्मा, औषधि उपचार गर्दा थोरै भने पनि एक पटकमा रु एक हजार पाँच सयसम्म खर्च हुन्थ्यो, अहिले बीमा कार्ड लिएर गएपछि सबै निःशुल्क पाइएको छ”, उनले भने । नेपाल सरकारले बीमामा तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ । यही सालको वैशाख २० गतेबाट बीमा कार्यक्रम शुरुआत गरिएको हो ।

सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । अस्पतालले हरेक महिना गर्ने आँखाको शल्यक्रियासम्बन्धी बृहत् शिविरमा पनि बीमा गरेपछि सेवा लिने ह्वात्तै बढेका छन् । शिविरमा बढीमा सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ ।