४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा अस्पतालमा सेवाग्राहीको चाप



अ+ अ-

बझाङ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो । दैनिक २०/२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए।

‘बीमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढीरहेका छन्, पहिले नै सो कार्यक्रम शुरु गर्ने भनिए पनि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भयो तर अहिले कार्यक्रम शुरु गर्यौ,’ अध्यक्ष पोखरेलले भने । सो बीमा कार्यक्रमले गरीब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ बस्ने सीतादेवी लम्साल बताउछन् ।

“उपचार नै गर्न नसकेर आँखाको समस्या भए पनि कतिपय अस्पतालमा जाँदैनथे, बीमा कार्यक्रमपछि बिरामी अस्पताल पुग्ने गरेका छन् । ” उनले भने । सो कार्यक्रम लागू भएपछि निःशुल्क औषधि उपचार सेवा पाएकोमा रामपुर नगरपालिका–३ रजघराका खुमबहादुर थापा क्षेत्रीले खुशी व्यक्त गरे ।

“आँखा जाँच, चश्मा, औषधि उपचार गर्दा थोरै भने पनि एक पटकमा रु एक हजार पाँच सयसम्म खर्च हुन्थ्यो, अहिले बीमा कार्ड लिएर गएपछि सबै निःशुल्क पाइएको छ”, उनले भने । नेपाल सरकारले बीमामा तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ । यही सालको वैशाख २० गतेबाट बीमा कार्यक्रम शुरुआत गरिएको हो ।

सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । अस्पतालले हरेक महिना गर्ने आँखाको शल्यक्रियासम्बन्धी बृहत् शिविरमा पनि बीमा गरेपछि सेवा लिने ह्वात्तै बढेका छन् । शिविरमा बढीमा सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ ।