२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन विधेयकको सैद्धान्तिक अवधारणामाथि काँग्रेसको आपत्ति



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै आपत्ति जनाएको छ ।

सोमबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्ने गरी सो विधेयकको सैद्धान्तिक अवधारणा आएको दावी गर्दै आपत्ति जनाएका हुन् ।

वनको संरक्षणको लागि सुरक्षाकर्मी परिचालन गर्ने कुरा संघीय सरकारले मातहत रहने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरे ।

यता, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले भने सुरक्षाकर्मीहरु संघीय सरकारको मातहत हुने भएकाले वन व्यवस्थाका लागि उनीहरुलाई परिचालन गर्ने अधिकार संघीय सरकारले नै गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको स्पष्टिकरण दिएका थिए ।