४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन विधेयकको सैद्धान्तिक अवधारणामाथि काँग्रेसको आपत्ति



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै आपत्ति जनाएको छ ।

सोमबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्ने गरी सो विधेयकको सैद्धान्तिक अवधारणा आएको दावी गर्दै आपत्ति जनाएका हुन् ।

वनको संरक्षणको लागि सुरक्षाकर्मी परिचालन गर्ने कुरा संघीय सरकारले मातहत रहने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरे ।

यता, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले भने सुरक्षाकर्मीहरु संघीय सरकारको मातहत हुने भएकाले वन व्यवस्थाका लागि उनीहरुलाई परिचालन गर्ने अधिकार संघीय सरकारले नै गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको स्पष्टिकरण दिएका थिए ।