१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

डेङ्गु किटको अभाव हुन दिँदैनौँ : रेणु दाहाल

डेङ्गु किटको अभाव हुन दिँदैनौँ : रेणु दाहाल
अ अ+ अ-

file photo

चितवन । भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ । महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताए ।

भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाप्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग समेत कुराकानी गरिसकेको बताए । महानगरप्रमुख दाहालले सम्बन्धित निकायबाट किट उपलब्ध हुन नसकेमा तत्कालका लागि प्रक्रिया पु¥याएर महानगरले व्यवस्था गर्ने जानकारी दिए । उनले भने, ‘किटका कारण सरकारी अस्पतालमा डेङ्गु परीक्षण रोकिनु हुँदैन ।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किटको अभावमा परीक्षण रोकिएको बताए । आज तीन सय वटा किट टेकुबाट आउने जानकारी दिँदै सो किटले दुई दिनभन्दा बढी नधान्ने बताए । किट व्यवस्थापनका लागि महानगरप्रमुख दाहाल, प्रजिअ जितेन्द्र बस्नेतलगायत सबै लागिपरेको हुँदा अबका दिनमा किटको अभाव नहुने विश्वास आफूले लिएको जानकारी दिए ।

डेङ्गु परीक्षण निःशुल्क हुने गर्दछ । अस्पतालसँग किट खरीद गर्ने अधिकार र बजेट नहुने भएकाले किट नआएकै कारण सेवा रोकिएको उनको भनाइ थियो । किट भएमा जुनसुकै समयमा अस्पतालले परीक्षण गर्ने तिवारीले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले अस्पतालमा किट नहुँदा बीमाका बिरामीलाई निजी अस्पतालमा सिफारीश गर्न बाध्य भएको जानकारी दिए । निजीमा धेरै खर्च हुने भएकाले बिरामीले मार खेप्नु परेको छ । रु पाँच सय हाराहारी पर्ने सो किट निजी अस्पतालमा परीक्षण गर्दा रु दुई हजारसम्म पर्ने गर्दछ ।

हालसम्म जिल्लामा ५३७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ ।

रोगले महामारीको रुप लिन सक्ने भन्दै शनिबार बिहान सचेतनामूलक ¥यालीको आयोजना गरेको महानगरले रोग परीक्षण सहज बनाउन चाहेको छ । प्रमुख दाहालका अनुसार सबै वडामा सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिइएको छ । दैनिक माइकिङ गर्ने काम महानगरले गरिरहेको छ । अटेर गर्नेहरुलाई कारवाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

नारायणगढमा टायरमा पानी भरिँदासमेत अटेर गरेर नफालेका चार जनालाई आज पक्राउ गरी प्रहरीलाई बुझाइएको महानगरले जनाएको छ ।