४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवालयमा भक्तजनको भीड



अ+ अ-

भक्तपुर । महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ ।

सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा मन्दिर व्यवस्थापन समितिले दोहोरी गीतको आयोजना गरेको समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिए । व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ । डोलेश्वरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

सहज रुपमा दर्शनका लागि डोलेश्वर विकास समितिले मन्दिरको चारै ढोका खुला गरेको समितिका कोषाध्यक्ष मोहन बल्लभले जानकारी दिए । व्यवस्थापनमा प्रहरी एवम स्वयंसेवक परिचालन गरिएको छ । दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।