१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई तीनवर्ष कैद गर्ने तयारी

‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई  तीनवर्ष कैद गर्ने तयारी
अ अ+ अ-

काठमाडौं । सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको “खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”मा सो प्रावधान राखिएको हो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा हाल सो विधेयक छलफलका क्रममा छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।

“नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्वद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन ।” उक्त विधेयकमा उल्लेख छ । मिलोमतोका लागि उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई समेत सो कारवाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ । हाल सो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आइपुगेको छ ।

विधेयकको सो प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई रू पाँचलाखसम्म जरीवाना र हदैसम्मको कारवाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ । सांसद विमला विश्वकर्मा भन्नुहुन्छ “खेलाडी उत्पादन गर्न राज्यको लगानी धेरै हुन्छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने खेलाडीले मिलेमतो गर्न पाइन्न । ”विधेयकमाथि संशोधन राख्नुहुने सांसद दीव्यमणि राजभण्डारी नेपालको खेलप्रतिष्ठालाई उँचो बनाउन राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने, खेलकुद परिषद्को विकल्पमा प्राधिकरण र सदस्यसचिवको सट्टामा कार्यकारी निर्देशकको प्रावधान राख्न आवश्यक रहेको बताए ।

संशोधनकर्ता सांसद् जीवनराम श्रेष्ठ खेलकुद परिषद्को काममा व्यापक सुधार गरी खेलकुदको पुनसंरचना गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ । विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल सङ्घ गठन गर्न सक्ने रहे पनि एक खेलका लागि एक भन्दा वढी सङ्घ गठन गर्न नसकिने , एउटै व्यक्ति लगातार दुई कार्यकाल भन्दा वढी अवधिका लागि खेल सङ्घको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वाचित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी , प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइनेजस्ता प्रावधान पनि विधेयकमा छ ।