१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

डेम्बेलेलाई लोनमा पीएसजी पठाउने बार्सिलोनाको तयारी

डेम्बेलेलाई लोनमा पीएसजी पठाउने बार्सिलोनाको तयारी
अ अ+ अ-

काठमाडौं । बार्सिलोनाले आफ्ना स्टार खेलाडी ओसमान डेम्बेलेलाई लोनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) जान आग्रह गरेको छ ।

‘एसइआर’का अनुसार बार्सिलोनाका खेल निर्देशक इरिक अबिडाल तथा प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले फ्रेन्च स्टार डेम्बेलेलाई लोनमा पीएसजी जान आग्रह गरेका हुन् ।

अहिले डेम्बेले नेयमार सरुवाको एक विकल्प हुन् । बार्सिलोनाल डेम्बेलेलाई लोनमा पीएसजी पठाएर आफ्ना पूर्वस्टार नेयमार भित्र्याउने योजनामा छ । यद्यपि, २२ वर्षीय डेम्बेले भने बार्सिलोना छोड्ने मनसायमा नरहेको बताइएको छ । त्यैपनि बार्सिलोनाले उनलाई लोनमा पीएसजी जान आग्रह गरेको खबरमा उल्लेख गरिएको छ ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले केही समयअघि आफूलाई डेम्बेलेसहित माग गरेअनुरुपको रकम दिए नेयमार उपलब्ध भएको बताएका थिए । अहिले पीएसजीले बार्सिलोनालाई नेयमार दिन ठूलो रकमको माग गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बार्सिलोनाले नेयमारको लागि १ सय ६० मिलियन युरोसहित बोनसका प्रस्ताव राखेको थियो । तीन किस्तामा तिर्ने तरिकाले बार्सिलोनाले सो प्रस्ताव राखेको थियो । तर, सो प्रस्ताव पीएसजीले नकारेको हो । पीएसजीले आफ्नो मागभन्दा कम भएको भन्दै बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

गत मंगलबार मात्र ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले पीएसजीका प्रतिनिधिसँग पेरिसमा भेट गरी नेयमारको सरुवाको विषयमा निर्णायक छलफल गरेको थियो । मंगलबार दिउँसो बार्सिलोनाका सिइयो ओस्कार ग्राउ र बार्सिलोनाका प्रतिनिधिहरु नेयमारको सरुवा विषयमा अन्तिम निर्णय लिन पेरिस पुगेका थिए । तर, बार्सिलोनाले प्रस्ताव राखेको २ दिनपछि पीएसजीले सो प्रस्ताव अस्वीकार गरेको हो ।