४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा हराएका युवक मृत भेटिए



अ+ अ-

बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार बिहान १० बजे उनको शव पिडुरा नदिमा फेला परेको हो ।

उनीहरुले सोमबार बिहानमात्र उनको शव फेला पारेका थिए । मृतक यादवको शव पृथ्वी चन्द्र अस्पतालमा पोष्टमार्टमको लागि लगिएको गोबरहिया प्रहरी चौकी इन्चार्ज सीवी ओलीले जानकारी दिए । तिलोत्तमा विद्यालय बुटवलमा कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिवनस्थित घर आएर आइतबार साथीहरुसँग पिडुरा नदिमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा उनी डुबेपछि साथीहरु गाउँमा आएर होहल्ला गरेका थिए । त्यसलगत्तै अभिभावक र स्थानीयवासी खोज्न जाँदा नभेटिएको हातिवनवासी विनोद पाण्डेले जानकारी दिए ।