६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान प्रशिक्षक आकाशमै बेहोस भएपछि…..



अ+ अ-

काठमाडौं । प्रशिक्षक आकाशमै अचेत भएपछि एक प्रशिक्षार्थी विमानचालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन्।उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक बेहोस भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए।

‘विमानलाई कुनै क्षति पुगेको छैन। यो एउटा राम्रो अवतरण थियो’, उडान स्कूलका मालिक चक म्याकइल्वीले भने।उनले ती प्रशिक्षार्थी विमानचालक र पर्थस्थित विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रशंसा गरेका छन्।

विमान अवतरण गर्दा उनलाई आफ्नो परिवारका सदस्यहरू र आपत्कालीन उद्धारकर्मीहरूले कुरिरहेका थिए।उनको प्रशिक्षकलाई अस्पताल लगिएको छ।