२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएम बुथबाट पैसा चोर्ने अर्का विदेशी पक्राउ



अ+ अ-

काठमाडौं । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने अर्का विदेशी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ मुलका फ्रेन्च नागरिक छु लुक्ली रहेका छन् ।

लुक्ली महानगरिय प्रहरी परिसरले शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनलाई आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्दा उनले साथबाट प्रहरीले ६ हजार अमेरिकन डलर बरामद गरेको प्रवक्ता बोगटीले जनाए ।

एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साँटेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसै अनुसन्धानको सिलसिलामा डेक्को मनि ट्रन्सफरका संचालक रविकुमार लामिछाने र नेपालय मनि ट्रन्सफरका संचालक रमेशकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए।