६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ प्रदर्शनः २०० विद्यालयका १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार



अ+ अ-

काठमाडौं । हङकङमा नयाँ शैक्षिक वर्षको पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् ।

कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् ।सोमबार बिहानै प्रदर्शनकारीहरुले विभिन्न स्टेशनहरुमा रेल सेवाहरु अवरुद्ध गर्दा स्टेशनमा यात्रुहरुको ठूलो भिड लागेको थियो । तर पछि रेल सेवा फेरि सुरु गरिएको थियो ।

त्यसपछि माध्यमिक विद्यालयका छात्रहरु शहरको मध्य जिल्लामा रहेको एडिनबर्ग प्लेसमा एकत्रित भएका थिए । ‘म कुनै पनि अनुशासनात्मक परिणाम लिनको लागि तयार छुँ’, शाम शुई पो जिल्लामा रहेको एक कलेजका छात्र हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टलाई बताए ।

गएको शनिबार प्रदर्शनकारीहरुले शहरको संसद भवनमा पेट्रोल बम प्रहारसँगै आगो पनि लगाएका थिए र भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा प्रहार गरेको थियो ।

हङकङ आफ्नो प्रदर्शनको १४ औँ हप्तामा प्रवेश गर्दैछ । अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउने भन्ने ‘सुपुर्दगी’ कानुनको विरोधस्वरुप प्रदर्शन सुरु भएको थियो ।