४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी



अ+ अ-

काठमाडौं । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ ।

दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो ।

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित ४३ सदस्यीय मूल समारोह समितिको पहिलो बैठकले विज्ञानका क्षेत्रमा कार्यरत् निजी क्षेत्रको समेत दिवसमा प्रतिनिधित्व गराइ प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।